क्या गज्जब कनकाई : विपन्नलाई निशुल्क विद्युत मिटर
कनकाई । नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ ।

नगरपालिका क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई निशुल्क मिटर प्रदान गरिनेमा पहिलो चरणमा नगरको वार्ड नम्बर १ , २ र ३ का १३५ जनालाई सोमबार निशुल्क मिटर प्रदान गरिएकोमा आगामी दिनमा सबै वार्डका सबै गरिवलाई निशुल्क मिटर प्रदान गरिने कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । अवका केहि दिनमै नगरपालिकालाई उज्यालो नगरिको रुपमा समेत घोषणा गर्न लागिएको नगरप्रमुख पोखरेलले बताए ।
कनकाई नगरपालिकालाई केहि महिना पहिलेमात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै पहिलो विद्युत चुवाहत मुक्त पालिका घोषणा गरेका थिए । जस कार्यक्रमको सफलतापछि यस पालिकालाई विद्युत प्राधिकरणले गरिव परिवारका लागि निशुल्क विद्युत मिटर खरिदका लागि ३० लाख रुपैँया विनियोजित गरेको थियो ।
विद्युत मिटर लिएपछि यसअघि आफुसग जग्गाको धनीपुर्जा नहँुदा तथा आर्थिक कारणले घरमा मिटर जोड्न नपाएकाहरुले मिटर जडान गर्न पाएको नेपाल विद्युत प्राधिकरणका उज्यालो नेपाल परियोजनाका कानुन अधिकृत निलकण्ठ शर्माले बताए ।
कनकाई नगरपालिकाका १ , २ र ३ नम्बर वार्डका गरिव स्थानीयलाई नगरप्रमुख पोखरेल सहित , नेपाल विद्युत प्राधिकरण उज्यालो नेपाल अभियानका निर्देशक राजनऋषि कडेँल , कानुन अधिकृत निलकण्ठ शर्मा , कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई , वार्डअध्यक्षहरु रुद्रप्रसाद चिमरिया , रोषनराज पोखरेल , पर्शुराम गिरी लगायातले मिटर प्रदान गरेका थिए ।