विधार्थी खेदाउने प्रअ गुप्ताको षडयन्त्र
बिर्तामोड । अर्जनधारामा रहको लक्ष्मी माविमा विधार्थीलाई पढ्नका लागि बाहिर पठाउन नयाँ षडयन्त्र गरेको सार्वजनिक भएको छ । सो घटनाले विधालयमा फेरि विवाद थपिएको छ ।
विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले आफु विधालय छोड्न लागेको भन्दै अभिभावक विचमा हल्ला फैलाएर पठनपाठन हुन नसक्ने भन्दै विधार्थीलाई अन्यत्र पठाउने षडयन्त्र भएको खुलासा भएको छ । अभिभावकले विधालयबाट अकस्मात स्थानान्तरणको लागि सिफारिक आएकोले चकित भएको जानकारी दिएका छन् । विधालयले नै तयार गरेर फारम पठाएको रहेछ, अभिभावक गोकुल आचार्यले भने– चारित्रिक प्रमाणपत्र निकाल्दा प्रअ गुप्ताले सँगै स्थानान्तरण शब्द जोडेर कक्षा १२ नचलाउने योजना बनाएको रहेछ ।
कक्षा ११ बाट १२ मा गएका विधार्थीको भविष्यमा खेडवाड गर्ने उद्देश्यले यो काम भएको रहस्य बाहिर आएपछि आइतवार विधार्थीसहित अभिभावक विधालय पुगेका थिए । उनीहरुले चेपुवामा पारेपछि प्रअ गुप्ताले आफुले सो काम नगरेको भन्दै ढाँटे । फारम प्रअ गुप्ताले नै दिएको विधार्थी र अभिभावकको दावी छ ।
गाउँभर विधालयको सो प्रकृतिको फारम छरिएपछि स्थानीय वडा सरकारले समेत चासो लिएर प्रअ गुप्तालाई विधार्थी र अभिभावकविचमा सोधपुछ गरेको छ । सबैका सामु क्षमा मागेपनि प्रअ गुप्तालाई क्षमा नदिने अभिभावकको जोड थियो ।
विधार्थीलाई षडयन्त्रमुलक ढंगले विधालय स्थानान्तरण गर्न खोजेपछि आक्रोशित अभिभावकले गुप्तालाई विधालय छोड्न चेतावनी दिएका छन् । उनीहरुले नैतिकता भए आफै विधालयमा स्वस्फर्त ः राजीनामा दिन माग गरेका छन् ।
विधार्थीको भविष्यमा खेडवाड गरेको भन्दै आक्रोशित विधार्थीले कक्षा ११ र १२ मा पढाउने धेरै शिक्षक शिक्षिकाले पढाएको नबुझ्ने गरेको गुनासो राखेका छन् । अभिभावक हरि ढुङगेलले अंग्रजी माध्यम आफु खुशी हटाउने प्रअले विधालयको कक्षा १२ समेत सक्न लागेको आरोप लगाए । यस्तै, अर्की अभिभावक गोमा खतिवडाले ९ र १० मा पढाई नभएको बताएकी छन् ।
विधालयमा समस्या थपिएपछि अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले विधार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विधालय प्रशासनबाट कमजारी दोहोरिएका कानुनी बाटो रोज्ने बताए । अभिभावक भेलामा वडाध्यक्ष गौतमले विधालयका प्रअ गुप्तालाई कुनै काम गर्दा वडाको सिफारिस र सल्लाह विना नगर्न सूझाव दिएका छन् ।