बैशाख १५, २०८२ सोमबार

राष्ट्रिय धान दिवसमा कृषकलाई सम्मान

धुलावारी । नेपाल कम्यूनिष्ट पार्टी मेचीनगर–१० ले भूमिहीन किसानलाई वर्षामा ओढ्नका लागि छाता प्रदान गरेको छ ।

कृषिमा ३ दशकदेखि क्रियाशिल किसानलाई छातासहित सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरिएको वडा कमिटीका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।


सम्मानित हुनेहरुमा देवी प्रसाद चम्लागाई, मोहन प्रसाद खतिवडा, सुरेश राजवंशी, नारायण प्रसाद लिम्बू, वेदनिधी सुवेदी र अरुण किसान रहेका छन् । उनीहरुलाई प्रमुख अतिथी प्रदेश १ का सांसद गोपाल चन्द्र बुढाथोकीले सम्मान पत्रसहित छाता उपलब्ध गराएका हुन् ।


राष्ट्रिय धान दिवस एवम् ९६ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा अयोजित किसान सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकीले कम्यूनिष्ट पार्टीको नेतृत्वमा सरकार भएपनि किसान र मजदुरको पक्षका काम गर्न नसकिरहेको बताए । उनले कृषि क्षेत्रको सम्मानका लागि किसानको हितमा काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा अध्यक्ष खड्काले किसानको लागि कुलो, पैनीको व्यवस्थापन गरेर कृषिको पक्षमा नीति बनाई पर्याप्त बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।

उनले कृषि क्षेत्रको सम्मानका लागि किसानको हितमा काम गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा अध्यक्ष खड्काले किसानको लागि कुलो, पैनीको व्यवस्थापन गरेर कृषिको पक्षमा नीति बनाई पर्याप्त बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : असार १५, २०७६ आईतबार  ११ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]