झापामा मदन जयन्ती : १३० जनाले गरे रक्तदान
बिर्तामोड । मदन भण्डारीको ६७ औं जन्म जयन्तीमा आयोजना गरिएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेका छन् ।

मदन भण्डारी फाउण्डेशन झापाले आयोजना गरेको सो रक्तदान कार्यक्रममा नेकपाका कार्यकर्ता, नेपाल प्रहरी, सर्वसाधरण नागरिकले रक्तदान गरेका छन् । मदन भण्डारीको जन्मजयन्तीमा फाउण्डेशन झापाले १० देखि हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक शिव ढुङगेलले जानकारी दिए ।
शनिवार आयोजित जन्मजयन्तीमा नेकपाका नेता नरेश खरेल, हरि राजवंशी, झलकसिहं दर्लामी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना, विर्तामोडका प्रमुख धु्रव शिवाकोटी, भद्रपुर उपप्रमुख चन्द्रा श्रेष्ठ, मेचीनगर उपप्रमुख मिना उप्रती र कमल गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी लगायत सहभागी थिए ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाले प्राविधिक सहयोग गरेको थियो ।