बैशाख १५, २०८२ सोमबार

लेटाङका २२ बर्षीय युवाले काटे आफ्नै लिङ्ग

बिराटनगर । मोरङको लेटाङ नगरपालिका–३ मिलन चोक निवासी २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका छन् । कहिले काँही असामान्य व्यवहार देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिङ्ग काटेका हुन् ।


लिङ्ग काटेपछि परिवारले राईलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्मल वार्डमा राखी उपचार अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए ।

नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो ।


परिवारका अनुसार चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवनसमेत गर्ने गरेका थिए । नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको प्रहरीलाई परिवारले जानकारी दिएको छ । राईकोे पारिवारिक सम्बन्ध भने राम्रो रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]