माझीबस्तीका विपन्नलाई घर
जीवनसिंह राजवंशी
दूधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–१ मा रहेको माझी बस्तिका बासिन्दाहरुको लागि घर निर्माण सुरु भएको छ ।
विपन्न, गरिब र सिमान्तकृत नागरिकहरुका लागि प्रदेश सरकारको भौतिक योजना मन्त्रालयको शहरी बिकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगत घर निर्माण सुरु भएको हो । प्रदेश सरकारको भौतिक योजना मन्त्रालयको शहरी विकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगत शिवसताक्षी नगरपालिका वडा नम्बर–१ स्थित माझी बस्तिमा घर निर्माण हुने भएको छ ।

बिहीबार प्रदेश सांसद झलक सिंह दर्लामी, नगर प्रमुख चन्द्र कुमार शेर्मा लगायतले घर निर्माणको लागि सामुहिक रुपमा शिलान्यास गरेका छन् । प्रदेश नम्बर १ ले सिमान्तकृत, विपन्न तथा घरबार बिहीन भएका नागरिकलाई आवासको प्रदान गर्नका लागि शहरी बिकास तथा भवन निर्माणको कार्यक्रमको कार्यक्रम अघि सारेको प्रदेश सांसद दर्लामीले बताए ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरुमा ४२ ओटा घर निर्माण गरिने भएको छ । कार्यक्रम अन्र्तगत शिवसताक्षी नगरपालिकाका ११ वटै वडाहरुमा रहेका ३÷३ परिवारलाई घर निर्माण गरिने जनाईएको छ । घर निर्माण हुने भएपछि स्थानीय लाल बहादुर माझी हर्षित देखिन्छन् । घर निर्माणका लागि प्रत्येक परिवारलाई प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रकम उपलब्ध गराएको छ भने १० प्रतिशत लागत सहभागिता उपभोक्ताको रहने बताईएको छ ।
टिन्को छानो र ईट्टाको पर्खाल रहने घरमा २ वटा कोठा, एउटा बरण्डा र एउटा शौचालय समेत निर्माण हुने छ । यस क्षेत्रमा निर्माण हुने ४२ ओटा घरहरु चालु आर्थिक वर्षको अन्तिम सम्ममा निर्माण कार्य सम्पन्न गरिने बताईएको छ । घर बनाउन छुटेका परिवारलाई आगामी बजेटबाट घर निर्माण गरिने प्रदेश सांसद झलक सिंह दर्लामीले बताए ।
सो क्षेत्रमा आवासका लागि उपर्युक्त घर नहुँदा नागरिक नागरिक कष्टकर जिवन बिताउन बाध्य छन् । सम्बन्धित निकायले सिमान्तकृत, विपन्न तथा घरबार बिहीन भएका परिवारलाई पहिचान गरी आवास निर्माणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइएको छ ।