बैशाख १५, २०८२ सोमबार

कक्षा १० को नतिजा : कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।


विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।
नतिजा अनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् ।


यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।


यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् । रातोपाटीबाट

प्रकाशित मिति : असार १२, २०७६ बिहीबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]