बैशाख १५, २०८२ सोमबार

कनकाईमा गुठीको जमिनमा विवाद

कनकाई । झापा कनकाई नगरपालिका–४ इलुवावारीमा श्री शिव मन्दिरको जमिन गायव भएपछि स्थानीय सरोकारवाला युवा आन्दोलित भएका छन् ।


शिवालय मन्दिरको जमिन जम्मा एक विगाहको धनीपुर्जा भए पनि मन्दिर व्यावस्थापन समितिले प्रदेश सरकारको २३ लाख रुपैँयाको बजेटमा आधा जमिन छाडेरै पक्की घेरावारा गर्न थालिएपछि स्थानीय सरोकारवाला युवाहरु आन्दोलित बनेका हुन् ।

सो शिवालय मन्दिर गुठिको सधियार समेत रहेका स्थानीय युवाहरु मिलन कट्टेल , ज्ञानेन्द्र चुडाल , झलक भट्टराई लगायतको समुहले सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि संसदमा गुठी विधेयक चर्चामा रहेको वेला प्रधानमन्त्रीकै गृह जिल्लामा करोडौ मुल्य पर्ने गुठीको जमिन हिनामिना भएको भन्दै गुठीको जग्गा फिर्ता नल्याइए शसक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

तत्कालिन देविप्रसाद जिमदारको सो क्षेत्रको १४ विगाह जमिनबाट सो मन्दिरलाई १ विगाह जमिन दिइएको र सो गुठीको नाममा धनीपुर्जा समेत रहेको छ । तर निर्माण समितिले आफ्नो मन्दिरको जमिन नापजाँच नगरि हचुवाको तालमा सरकारको बजेट सक्नका लागि असारे चटारोको प्रवाभमा परेर स्थायी घेरावारा सुरु गरेको छ ।

‘ त्यो घेरावारा केहि महिना वा बर्षमै नभत्काई धरै छैन गुठीको जमिन सरक्षणका लागि घेरावारा गरिएको भए केहि महिनाका लागि वाँसको अस्थायी घेरा लगाउ इटाको पक्की घेरा हालरे लाखौ रकम घोटाला नगरौ बरु त्यो पैसा झापाकै गरिव परिवारमा सिटामोल किन्न खर्च गरौँ’ सामाजिक अभियान्ता मिलन कट्टेलले भने ।

अर्का सधियार ज्ञानेन्द्र चुडालले मन्दिर समितिले व्यक्तिगत फाइदा कै लागि कम्तीमा मन्दिरको ८ कठ्ठा जमिन छाडेर मन्दिरमा स्थायी घेरावारा गरेको र यसबाट मन्दिरलाई कम्तीमा ५ करोड रुपैँयाको जमिन गुमेकोले बाध्य भएर युवाहरु आन्दोलित बनेको बताए ।

मन्दिर समितिका सधियारहरुको जमिन मिचिएको भए अमिनी बोलाएर पुराना नक्सा भिडाएर सबैको जमिन छुट्टाउनुपर्नेमा जहाँबाट मन लाग्यो त्यहिबाट राज्यको धनराशी प्रयोग गरेर घेरावारा लगाउन सुरु भएपछि समितिको कार्य विवादमा तानिएको आरोप युवाहरुको छ ।

आफुहरु विकास विरोधी नभएर सार्वजनिक सम्पतिको रक्षा र प्रदेश सरकारले सामुदायिक भवन निर्माणका लागि छुट्टाएको रकम विवादित जमिनमा घेरावारा गरेर चरम दुरुपयोग हुन लागेकोले यसको विरोध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यता शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष भवानी मैनालीले समितिले सहि काम गरेको दावी गरेका छन् । हामीले नगरपालिका समेतको रोहवरमा एक विगाह जमिन नापेरै घेरावारा सुरु गरेका हौ, जमिन पुरै छ मैनालीले भने ।

प्रकाशित मिति : असार १२, २०७६ बिहीबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]