Breaking News कनकाईको नगरसभामा अवरोध
सिएम शर्मा
कनकाई । कनकाई नगरपालिकाको पाँचौं नगरसभा अवरोध गरिएको छ । ११ बजेदेखि गर्ने भनिएको नगरसभामा जामुनखाडी, प्रजापति,कनकाई खानेपानी आयोजनाका प्रतिनिधले विरोध जनाएपछि नगरसभा शुरु हुन सकेको छैन ।

उनीहरुले खानेपानी आयोजनामा नगरपालिकाले पर्याप्त बजेट नछुट्टाएको भन्दै विरोध जनाएका छन् । अहिले नगरपालिकामा आयोजनाका अध्यक्ष ऋषिकेश खतिवडा र १ नं. वडाका वडाध्यक्ष रोशनराज पोखरेलको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको छ ।
खानेपानी ट्याङकी र बोरिङ निर्माणको प्रतिवद्धता नजनाएसम्म नगरसभा अघि बढ्न नदिने भन्दै उनीहरुले नगरपालिका परिषरमा प्रदर्शन गरिरहेका छन् । आयोजनाको तर्फबाट नगर प्रमुख राजेन्द्र पोखरेललाई ज्ञापनपत्र बुझाउँदै लिखित प्रतिवद्धताको माग समेत गरिएको छ ।