आरती आक्रमण प्रकरण : दुई जना जेल चलान
बिर्तामोड । ज्यान मार्ने गरी महिलामाथि हमला गर्ने दुई जनालाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाएको छ ।

गत जेठ ८ गते मेचीनगर १० कि आरती चौहान बुढाथोकीलाई टाउकोमा हतियार प्रयोग गरी गम्भीर घाइते बनाउने मेचीनगर १० का ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवराज गिरीलाई ज्यान मार्ने उधोग तथा डाका गरेको मुद्दामा जिल्ला कारागार भद्रपुर चलान गरिएको छ । १० हजार धरौटी बुझाउन नसक्दा उनीलाई थुनामा पठाइएको छ ।
राती १० बजे चौहानको घरमा प्रवेश गरेर उनीहरुले ज्यान मार्ने उदेश्यले हतियार प्रयोग गरेको प्रहरीको भनाई छ । सँगै रहेकी ८ वर्षीय छोरी अपना बुढाथोकीलाई समेत घाँटी न्याकेर कुटपिट गरिएको थियो । आमा र छोरीलाई नै कुटपिट गरी फरार रहेका श्रेष्ठ र गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भोलीपल्टै पक्राउ गरेको थियो ।
उनका श्रीमान ओम कुमार बुढाथोकीले सोहि दिन १ लाख ४० हजारको धनमाल डाका गरेको जाहेरी समेत दिएका थिए ।
हाल घाइते भएकी आरती चौहान बुढाथोकीको विएण्डसी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।