बैशाख १५, २०८२ सोमबार

कुकुरको पेटबाट २ केजीको ट्युमर झिकियो

अनिल वाग्ले

बुधबारे । मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रशस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला ।


पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको डाँडाबजारमा पेटमा ट्युमर पलाएको जर्मन सेफर्ड जातको कुकुरको सफल शल्यक्रिया भएको छ । शल्यक्रिया गरि सो कुकुरको पेटमा भएको दुई किलोको ट्युमर निकालिएको छ । कुकुर यतिवेला स्वस्थ्य रहेको शल्यक्रिया गर्ने पशु चिकित्सक डा. रमेश घिमिरेले जनाएका छन् ।


गोविन्द मगरले पालेको कुकुरको पेटमा ट्युमर पलाएपछि पशु चिकित्सक डा. रमेश घिमिरे र डा. देवकुमार दर्लामीको टोलीले असार ८ गते शल्यक्रिया गरेको थियो । यस्तो खालको शल्यक्रिया काठमाडौं उपत्यका बाहिर कम हुने गरेको छ ।

प्रकाशित मिति : असार १०, २०७६ मंगलबार  ११ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]