कनकाई पुलमा शंकास्पदवस्तु फेला, पुलमुनी खसेकोले जोखिम छैन : डिएसपी
कनकाई । कनकाई नदीमा शंकास्पद वस्तु फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाका अनुसार विहान ६ :२० बजे शंकास्पद् वस्तु फेला परेको हो ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको सार्वजनिक बसभित्रबाट झोला फालेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । पुलमा फलिएको झोलामा कुकर देखिएको छ ।
प्रहरीका अनुसार झोला फाल्ने क्रममा कुकर पुल मुनी नदीमा खसेको छ । कुकर पुलीमुनी खसेपछि आवातजावतमा कुनै अवरोध नभएको डिएसपी थापाले जानकारी दिए ।
शंकास्पद् वस्तुको पहिचान गरी डिस्पोज गर्न चारआलीबाट नेपाली सेनाको टोली कनकाई माई तर्फ प्रस्थान भइसकेको छ ।