बैशाख १५, २०८२ सोमबार

अब बालबालिकाले पुलिस लगाइदिन्छन् : एसपी मैनाली

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिलेका बालबालिकाले बुबाआमालाई प्रहरी लगाइ दिने समय आएको बताएका छन् । उनले बुबाआमाको खराव जीवनशैलीका कारण बालबालिकामा नकारात्मक असर गरिरहेको भन्दै विगतमा बालबालिकालाई पुलिस बोलाइदिने भन्नेहरुलाई नै पुलिस लगाउनु पर्ने बताए ।


सोमवार बिर्तामोडमा आयोजित यौनहिंसा तथा लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा विधार्थीलाई सहजीकरण गर्दै उनले बालबालिकाको जीवनमा अभिभावकको दैनिक जीवनले प्रभाव पार्ने प्रहरी उपरीक्षक मैनालीको भनाई छ ।

साप्ताहिक रुपमा सञ्चालन भइरहेको सचेतना कार्यक्रममा सहभागी विधार्थीलाई सहजीकरण गर्दै उनले साथीकै कारण धेरै युवा कुलतमा लागेको बताए । उनले लागुऔषध प्रयोग नगर्न विधार्थीलाई सूझाव दिए । कसैले प्रयोग गरेको थाहा पाएमा प्रहरीलाई खवर गरिदिन भनेका छन् । २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन आएपछि प्रयोगकर्तालाई कारबाहीको दायरामा ल्याउन थालिएको प्रहरी प्रमुखको भनाई छ ।


बिर्तामोडस्थित टावर टेम्पल अंग्रेजी विधालयमा आयोजना गरिएको सचेतना कार्यक्रममा देवी मावि र रुद्र मेमोरियलका विधार्थीको पनि सहभागिता रहेको थियो ।
प्रहरी साझेदार कार्यक्रम कार्यान्वय गर्न इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडका विभिन्न विद्यालयमा लागुऔषध विरुद्ध सचेतना, साइबर अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।


विद्यालयका संस्थापक नरेशमान धिमालको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै झापाका प्रमख जिल्ला अधिकारी जनकराज दाहालले लागुऔषध प्रयोगको सुरुवात पारिवारिक समस्या, तनाव, र साथीसंगीको संगतले हुने गरेकाले यस विषयमा प्रहरीसँगको साझेदारीमा कार्यक्रम गर्दै आएको जानकारी दिए ।


लागुऔषधका प्रकार र प्रयोग गर्दा हुने बेफाइदाका विषयमा विद्यार्थीलाई जानकारी गराउनु मुख्य उद्देश्य रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले बताए । बिर्तामोडका प्रत्येक विद्यालयमा यसप्रकारको कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको थापाको भनाई छ । कार्यक्रममा लागुऔषध विरुद्धको सचेतना भिडियो देखाइएको छ ।

प्रकाशित मिति : असार ९, २०७६ सोमबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]