बैशाख १५, २०८२ सोमबार

पहिलो पटक संसदमा प्रधानमन्त्री बोल्न पाएनन्

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् ।


प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए । अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो ।


तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे ।
सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए । संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । अर्को बैठक भोलि ४ बजे राखिएको छ ।


सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार सबैभन्दा पहिले कसलाई बोल्न दिने भन्ने विषयमा संसद भबनभित्र बिभिन्न चरणमा छलफल भएको थियो । सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतकहरूसँग सामुहिक तथा छुट्टाछुट्टै छलफल गरिएको थियो । तर, सहमति भने जुटेको थिएन ।
संसदलाई सम्बोधन गर्न भनेर रोष्टममा पुगिसकेका प्रधानमन्त्री अवरोध कायमै रहेपछि फर्किएका थिए ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  १ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]