बैशाख १५, २०८२ सोमबार

लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी, पटना । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ ।


बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ ।

रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन् । ‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिची त्यस्तो प्रकारको रसायन हुन्छ । लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ । जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने,‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो । बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो । तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ । लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन् ।’


बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए । मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए ।
बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ । सन् २०१३ मा पनि कम्तिमा ३ सय ५१ जना नागरिकको इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  १२ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]