मेचीनगरमा नयाँ कुष्ठरोगी फेला

मेचीनगर । मेचीनगरको कुष्ठरोगको अवस्था बारे जानकारी लिने उद्देश्यले बुधबार मेचीनगर–१५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा १ सय ८० जनाले सेवा लिएको संयोजक शशीकला राईले जानकारी दिईन् । उनका अनुसार अहिले नगरमा ११ जना कुष्ठरोगीले नियमित औषधि सेवा गरीरहेका छन् ।
शिविर सञ्चालन गर्नुको मुख्यउद्देश्य पनि कुष्ठरोगीको पहिचान गर्न नै भएको बताउँदै राईले शिविरमा फेला परेका रोगीमा निक्कै कडा खालको कुष्ठ रोग फेला परेको जानकारी दिईन् । उनीहरुको शरीरका नशा पुरै ‘इगनोर ’ भइसकेको छ । ‘डिफरमिटी’हरु पनि फेला परेको छ । एकवर्षसम्म उनीहरुले नियमित औषधि खानैपर्ने उनको भनाई छ । उनले रोगीका बारेमा नाम, थर वतन गोप्य राख्नुपर्ने भन्दैं नाम खुलाउन चाहिनन् ।
झापामा कुष्ठरोगीको संख्या धेरै छ । यो एक व्यक्तिबाट अर्काेमा सर्ने रोग हो । यसको सर्ने दर कम भएपनि अवस्था दयनीय छ ।
शिविरमा अधिकांसमा गर्मीका कारण छालामा लाग्ने रोग देखिएको थियो । गर्मीका कारण शरीरको च्याप च्यापमा हुने संक्रमण, फंगलको समस्यासहित एलर्जी, बालबालिकाहरुमा घमौरा, ससाना किराले टोकेको, दादलगायत फेला परेको पूर्वाञ्चल विश्व विद्यालयका डर्माटोलोजिष्ट डाक्टर निरज खड्काले जानकारी दिए ।