बैशाख १५, २०८२ सोमबार

अब भद्रपुरसम्मै चारलेनको सडक

बिर्तामोड । गत असोज महिनादेखि सुस्त गतिमा निर्माण शुरु भएको बिर्तामोड–भद्रपुर सडक खण्ड सदरमुकामसम्म जोडिने भएको छ । यसअघि बिर्तामोडदेखि गरामनी छेउ सम्म ४ किलोमिट सडक चारलेन बनाउने सम्झौता भएको थियो ।


हरेक जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गबाट चारलेनको सडकले जोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणपछि बिर्तामोड–भद्रपुरसम्म चार लेनको बाटो निर्माण प्रक्रिया अघि बढेको छ । तीन वर्षभित्रमा सडक निर्माण सम्पन्न हुने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रव कुमार शिवाकोटीको जानकारी दिए । थप भएको योजना बमोजिम साढे १३ किमि सडक बन्ने भएको हो ।


यसअघि सम्झौता अनुसार २७ करोड रुपैयाँ लागतको सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको थियो । उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेको डिभिजन कार्यालयका इन्जिनियर माधव पौडेलले जानकारी दिएका छन् ।

उनले भने, ‘काम सुरु भएको १८ महिनाभित्र पूरा गरिसक्ने लक्ष्य छ ।’ चार किमिमध्ये २.८ किलोमिटर सडक १६ मिटर चौडा, एक मिटर नाली र फुटपाथसहित जम्मा २३ मिटर चौडा हुने गरी सम्झौता भएको थियो । आषिश–प्रेरा जेभीले काम गरिरहको छ । काम सुस्त गतिमा भएपछि आम उपभोक्ताले ठेकेदार पक्षको आलोचना समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]