बैशाख १५, २०८२ सोमबार

पूर्वेलीले जित्यो बिर्तामोड गोल्डकप

बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ ।
मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२ औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच एक गोल गर्ने पूर्वेलीका मैनाली घोषित भए ।


प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका अभिषेक बराल, बेस्ट डिफेन्स पूर्वेलीका निशान्त खड्का, बेस्ट मिडफिल्ड उपविजेता पाञ्चायनका रोशन भूजेल, बेस्ट फरवाड पाञ्चायनकै तीर्थ बस्नेत र बेस्ट कोच पूर्वेलीका दिनेश चौधरी घोषित भए ।

मस्ट भ्यालुयवल खेलाडी पूर्वेलीका योगेश गुरुङ भए भने उदयीमान खेलाडीको पुरस्कार आयोजक रेड स्टार फुटबल क्लबका गोल किप्पर शौरभ गुरुङलाई प्रदान गरियो । त्यस्तै, सर्वाधिक गोलकर्ता रेड स्टारकै शक्ति राई बने । उनले एकै खेलमा ह्याट्रिक गरेका थिए ।


रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेता पूर्वेलीले नगद १ लाख ५१ हजार १११, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको पाञ्चायनले ७५ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]