बैशाख १५, २०८२ सोमबार

प्रधानमन्त्री आज युरोप जाँदै

Prime Minister KP Sharma Oli waves hand upon his arrival at Tribhuvan International Airport from six-days state visit to India on Wednesday, February 24, 2016. Photo: Naresh Krishna Shrestha/ THT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाँदै छन् । उनी शनिबार अपराह्र त्यसतर्फ जान लागेका हुन् ।


प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । भट्टराईले प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रष्ट पारे ।


प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन छ । जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।


त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनेछन् । त्यसैगरी उनी जेठ २९ गतेसम्म बेलायतको भ्रमणमा जानेछन् ।
प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस अवसरमा बेलायतमा केही उच्चस्तरीय भेटघाट प्रधानमन्त्रीको हुनेछ ।


त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]