राती नै ७० ट्याङ्कर आउने विश्वास छ : निगम

बिर्तामोड । झापा जिल्लाभर अहिले पेट्रोल पम्पहरु बन्द भएका छन् । पेट्रोलियम पदार्थको अभाव भएपछि पम्प बन्द गरिएका छन् । दुई सातादेखि अभाव भएको इन्धन अझै सहज हुन सकेको छैन ।
नेपाल आयल निगम चारआलीका अनुसार सहज हुने अझै केहि समय लाग्नेछ । निगमका सूचना अधिकारी लोकमणि पौडेलले भारतीय भन्सार पानीट्ङकीले प्राविधिक समस्या समाधान नभएसम्म यतिकै असहज हुने जानकारी दिएका छन् ।
उनले भने, अनलाई दर्ता प्रक्रिया झण्झटिलो भएकोले ट्याङकर आउन सकिरहेका छैनन् । आज राती नै ७० ट्याङकर आउने विश्वास छ, पौडेलले भने – आज सबै ट्याङकर आए र भोली देखि सहज भइहाल्छ ।