बैशाख १४, २०८२ आईतबार

आज ३ बजे प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

विराटनगर । हिजो सार्वजनिक गर्ने तयारी गरिएको प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम सार्वजनिकको तयारी गरेको छ ।


कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ल्याउन लागेको हो । नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले धरान–मूलघाटलगायत क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने घोषणा पनि गर्दैछ ।


सुनसरीको धरान र धनकुटाको मूलधाट तथा अन्यत्र पनि सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको प्रदेश सरकार स्रोतले जानकारी दिएको छ ।
प्रदेश सरकारले दोस्रोपटक ल्याउन लागेको नीति तथा कार्यक्रममा यसअघिकै योजनाहरुलाई निरन्तरता दिएको छ ।

यस अघिको नीति तथा कार्यक्रममा सगरमाथाको आधार शिविरमा केवलकार चलाउने उल्लेख थियो । त्यसैगरी, फुङलिङ–पाथीभारा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहाक्षेत्र–सुर्यकुण्ड, बाह्रबीस–सभापोखरी, केरावारी–जेफाले र अन्तुडाँडा–मंगलबारेलगायतका स्थानमा पनि केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख थियो ।


यसबाहेक देशकै होचो भूभाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने कार्यक्रमलाई पनि यसपटक समेटिएको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम बिहीबार अपराह्न ३ बजे सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार  १२ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]