मोक्षका लागि बेसहाराको पनि काजक्रिया

बिर्तामोड । मृत्यूपछिको संस्कार सबैका लागि अपरिहार्य छ । त्यसका लागि आफ्नै परिवारले फर्साउने गरेको हुन्छ । धेरै बेसहाराहरु पनि हुन्छन्, जसको अन्तिम संस्कार गर्ने कोहि हुदैन । तर, लामो समय बेसहारा जीवन नै बिताएका नन्नलाल कोइरालाको अन्तिम घडिमा संस्कार गरिदिने आफन्त भेटिए ।
वेसहारा जीवन बिताइरहेका नन्दलाल कोइराला ०६८ सालतिर कामको खोजीमा बिर्तामोड आए थिए । उनले अर्जुनधारा–५ का रमेश काफ्लेको परिवारलाई भेटे । जीवनमा कमाउने भन्दा पनि काम गर्दै टाउको लुकाउने सोच थियो । काफ्ले परिवारले उनको काम गर्ने इच्छा शक्तिलाई बुझेपछि घरमा आफ्नै मान्छे सम्झिएर राखिदिए । उनै कोइरालाको गत शनिवार निधन भएको छ । विरामी कोइरालाको उपचारको क्रमका निधन भएको थियो ।
परिवारमा आफन्त झै जीवन विताइरहेका कोइरालाको निधन पछि सहारा दिने काफ्ले परिवारलाई काजक्रिया गरिदिने मान्छे खोज्न निकै सकस भएको थियो । १० वर्षदेखि एउटै घरमा बसेपनि कोइरालाले आफ्नो परिवारको बारेमा कसैलाई बताएका थिएनन् । उनले आफ्नो पुरानो घर संखुवासभा भएको मात्र बताएका रहेछन् ।
२ वर्षको उमेरमा बुबा र ६ वर्षको उमेरमा आमाको निधन भएपछि कोइराला बेसहारा भएको रमेश काफ्लले जानकारी दिए । उनले आफ्नै घरमा लामो समय विताएपछि आफ्नै सम्झिएकाले काजक्रिया गरिरहेको बताए ।
रगतको साइनो कोहिसँग छैन यहाँ, काफ्लेले भने – मृत्यू संस्कारको लागि त्यसको परिवन्ध मिलाएका छौ । स्थानीय प्रदीप दाहाल र तुलसा दाहाल अहिले काजक्रियामा बसेका छन् । काफ्ले परिवारको भान्जाभान्जी पर्ने दाहाल दम्पत्तिले खुशीले काजक्रिया गरिरहेको जानकारी दिए । दाहाल दम्पत्तिसँग कोइरालको केहि साइनो भने छैन ।

कोइराला शुरुआतमा रमेश काफ्लेको दाई युवराज काफ्लेको घरमा बसेका थिए । पछि, भाईको घरमा बस्दै आएका थिए । मृत्यूपछि आफन्त नभएपछि मोक्षका लागि दाहाल दम्पत्ति काजक्रिया बसेका छन् ।
कोइराला शुरुआतमा रमेश काफ्लेको दाई युवराज काफ्लेको घरमा बसेका थिए । पछि, भाईको घरमा बस्दै आएका थिए । मृत्यूपछि आफन्त नभएपछि मोक्षका लागि दाहाल दम्पत्ति काजक्रिया बसेका छन् ।