रौतहटका मेयरमाथि कुटपिट
रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् ।
मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए ।
पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिए पछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।
मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए ।
टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका छन् । मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे ।