जेठ २२ गते सार्वजनिक बिदा
जेठ २१, बिर्तामोड । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को यसअघिको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दिइएको हो । गृह मन्त्रालयले बिदासम्बन्धि औपचारिक जानकारी गराएको छ ।
चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन अनुरोध गरेको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए ।