बैशाख १४, २०८२ आईतबार

कनकाईमा भोली बाढी आउन सक्ने, सतर्क रहन आग्रह

जेठ २१, बिर्तामोड । देशका केही नदीहरुमा पानीको सतह बढ्ने भएकोले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन उद्धृत गर्दै गृह मन्त्रालयले सो कुरा जनाएको हो ।


बाढी बुलेटिनमा मंगलवार बेलुकादेखि बुधबार बिहान ११ बजे सम्म देशका प्रमुख नदीहरु कनकाई, कमला, पश्चिम राप्ति, बबई र कर्णालीलगायत यसका शाखा नदीहरुमा बहाव बढ्दो क्रममा हुने तथा भोली बिहान ७ बजे सम्म सतर्कता तहभन्दा माथि हुने जनाइएको छ ।

केहीमा खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको बुलेटिनमा उल्लेख छ । यस्तै देशका अन्य प्रमुख तथा साना नदीहरुमा वहाव बढ्दो रहने भएतापनि सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरिएको जनाइएको छ ।


भोलि दिउँसोसम्म देशका प्रमुख नदीहरु कन्काई, कमला, पश्चिम राप्ति, बबई र कर्णाली लगायत यसका शाखा नदीहरु अधिकांशमा वहाव सतर्कता तह भन्दा माथि हुने, केहीमा खतरा तह सम्म पुग्न सक्ने र विस्तारै सतर्कता तह भन्दा तल हुने पूर्वानुमान गरिएको समेत बुलेटिनमा उल्लेख छ । पर्सी देखिले फेरि सामान्य हुने भएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]