बैशाख १४, २०८२ आईतबार

मिस एसईई २०१९ को ताज ताम्राकारले जितिन्

Pic : chandramani Ghimire

बिर्तामोड । इकम मिस एसईई प्रदेश १ –२०१९ को ताज मेचीनगरकी कृष्टिना ताम्राकारले जितेकी छन् । सोवबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेबाट उनले यो ताज उचाल्न सफल भएकी छन् ।


मिस एसईई प्रदेश १ को विजेता ताम्राकारले नगद ५० हजार सहित कक्षा १२ सम्मको शिक्षा निशुल्क अध्धययन गर्न पाउने भएकी छन् । यस्तै फष्ट रनर अप बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै अनुमा राईले जितेकी छन् ।


फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ३० र १५ हजार नगद सहित कक्षा १२ सम्म निशुल्क अध्ययनका लागि छात्रबृत्ति पाएका छन् ।
ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त व्यूटि कन्टेष्टमा दुई दर्जनभन्दा बढि सहभागी भएको प्रवन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]