दुर्घटनामा खनालको मृत्यू

बिर्तामोड । आज (सोमवार) विहान भएको मोटर साइकल दुर्घटनामा शिवसताक्षी – १ बस्ने रञ्जना खनालको मृत्यू भएको छ । विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धरमपुरमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी २७ वर्षीया खनालको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जानकारी दिए ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्व आइरहेकी खनाल मुख्य सडकबाट दक्षिणतर्फ जाने क्रममा ठोक्किएको थियो । उनले मे ७ प १६७८ नम्बरको स्कुटी चलाएर आइरहेकी थिइन् ।
दुर्घटनामा मृत्यू भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालको छोरी हुन् । पारिवारिक स्रोतका अनुसार आजै बेलुका ५ बजे कनकाई माईमा दाहसंस्कार गरिने भएको छ ।