बैशाख १४, २०८२ आईतबार

घर फर्किए वेपत्ता भएका खनाल

बिर्तामोड । गत जेठ ५ गतेदेखि वेपत्ता भएका हल्दिवारी– १ गोल्धाप बजारका व्यवसायी ६२ वर्षीय सुरेन्द्र प्रसाद खनाल १० दिनपछि घर फर्किएका छन् ।


उनको खोजीका लागि गएका विजय बस्नेतले मंगलवार साझँ खनाल घर आएको जानकारी दिए । बिर्तामोडमा कपडा खरिद गर्न भन्दै परिवारलाई जानकारी दिएर हिडेका खनाल अकास्मात वेपत्ता भएपछि खोजी शुरु गरिएको थियो ।

उनलाई खोज गर्न गएको टोलीले चितवनमा भेट्टाएर घर ल्याएको हो । टोलीले चितवनको देवघाट पुल नजिकै हिडिरहेको अवस्थामा फेला पारेको बस्नेतले जानकारी दिए । खोजी गर्न गएको टोलीलाई दिएको जानकारी अनुसार खनालले एकैचोटी भारतको ठाकुरगञ्ज पुगेको मात्र थाहा पाएका थिए ।


ठाकुरगञ्जबाट विराटनगर निस्कदै चितवन गएको खनालले जानकारी दिएका छन् । उनी वेपत्ता भएपछि खोजी व्यापक बनाउँदै गर्दा खनाललाई यूट्यूवमा भेटिएको थिो । भाग्य न्यौपानेले छाँयाङकन गरिरहेको भिडियोमा देखिएपछि खोजीका लागि परिवारसहित चितवन गएका थिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]