एक्सेल र एशियन लाइफबीच सम्झौता

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच आइतवार बैंक इन्स्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा र अपरेसन प्रमुख सुमन लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एशियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र विर्तामोड शाखाका प्रमुख रितु प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरे ।
सेवाग्राहीले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३२ शाखाहरुबाट एशियन लाइफको जीवन बिमा गर्नुका साथै यस सम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ । बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. र नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरी विमा सेवा प्रदान गर्दै आएको छ । यो सँगै बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या तीन पुगेको छ ।