ठुलो दुर्घटनाबाट बचिन् बिर्तामोडकी उपमेयर

बिर्तामोड । बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा दुर्घटनामा परेकी छन् । बिर्तामोडको हर्कलाल मार्गमा आफै गाडि चलाएर बैठकमा जाँदै गर्दा दुर्घटनामा परेकी हुन् ।
हर्कलाल मार्ग निर्माणको बैठकका लागि आज विहान ९ बजे बैठकस्थल जाँदै गर्दा टिपरको टायर पड्किएर उनी सवार गाडिको सबै सिसा फुटेको छ । ५ नं. का वडा सदस्य लक्ष्मी बाँस्कोटाका अनुसार गाडिको सबै सिसा फुटेका छन् । बाँस्कोटाले भने, अगाडिको भागमा कुनै क्षति नहुँदा उपमेयरलाई कुनै चोटपटक लागको छैन ।

निर्माण सामग्री झारिरहेको टिपरको टायर अकास्मात पड्किदा ग्राभेलको ढुङ्गा उपमेयर सवार गाडिमा उछिटिएको थियो । निर्माण कन्ट्रक्शनको को १ ख ६४६७ नम्बरको टिपरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ठुलो दुर्घटनाबाट बँचेको उपमेयर महतराले बताएकी छन् ।