किसानलाई २० लाखको कृषिऔजार

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक समूहलाई २० लाख २० हजार रुपैयाँबराबरको कृषि औजार शनिवार हस्तान्तरण गरेको छ ।
किसानलाई जोत्ने मिनी टिलर, मकै छोडाउने मेसिन र घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो । उनीहरुलाई श्रममन्त्री गोकर्ण बिष्टले एक समूहकी युवामाया प्याकुरेललाई मकै छोड्याउने मेसिन हस्तान्तरण गरेर औजार हस्तान्तरण शुरु गरेका थिए ।
नगरपालिकाको कृषि विकास शाखाले कृषक समूहलाई ८ वटा मिनी टिलर, २० वटा मकै छोड्यााउने मेसिन र ४० वटा घाँस घाट्ने मेसिन हस्तान्तरण गरेको छ । मिनी टिलरले बाँझो जग्गा जोत्ने, हिल्याउने, ड्याङ उठाउने, गोड्ने र उकेरा दिने कामगर्छ ।
तरकारी खेती गर्ने किसानका लागि यो मिनी टिलर लाभदायक हुने कृषि विकास अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए । औजारमा किसानको १५ प्रतिशत लगानी छ ।
मन्त्री बिष्टले किसानलाई कृषिमा उत्साहित र आकर्षित बनाउनु पर्ने बताएका छन् ।