गुफाभित्र ध्यानमा बसे भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न गुफामा पसेका छन् । लोकसभा चुनावको मतगणना हुनु अघि पार्टीको प्रचार प्रसार सकेर मोदी ध्यानमा बसेका छन् ।
भारतको उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ मा उनी आजदेखि ध्यान बसेका हुन् । मोदी पहेँलो वस्त्रमा ध्यानस्थल बसेका छन् , आइतबार बिहान मात्रै ध्यानबाट उठ्ने उनको सचिवालयले जनाएको छ ।
भारतीय च्यानल ‘एएनआई’ ले उनी गुफाभित्र ध्यान गरिरहेको तस्बिर सार्वजनिक गरेपछि अहिले सामाजिक संजालमा भाइरल नै बनाइएको छ । मोदीको यस्तो गुफाबासलाई उनका पार्टीका नेताहरुले केदारनाथको तिर्थयात्राको रुपमा ब्याख्या गरिरहेका छन् । आइतबार ध्यानबाट उठेपछि बद्रीनाथ जाने कार्यक्रम तय भएको छ ।