सरकारी विधालयले कुनैपनि शुल्क लिन मिल्दैन : शिक्षामन्त्री

बिर्तामोड । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विधालयले कुनै पनि शिर्षकमा शुल्क लिन नमिल्ने बताएका छन् । उनले झापाको सरकारी विधालयले शुल्क लिएको विषय जानकारी पाएको भन्दै नलिन सचेत गराएका छन् ।
आज विहान प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको परिवर्तनका लागि चाँडै शिक्षा नीति टुङ्गो लाग्ने जानकारी दिए । मन्त्री पोखरेलले पहिलो वर्षमा शिक्षाका लागि आधार वर्ष भएको बताएका छन् । अब यो वर्ष शिक्षामा काम देखाउने उनको भनाइ थियो ।
शिक्षालाई उत्पादनसँग जोढ्नु पर्ने मन्त्री पोखरेलको भनाई छ । उनले अबका दिनमा ब्लाकबोर्डको शिक्षा मात्र नचल्ने बताउँदै शिक्षालाई प्राविधिक र सिपयुक्त बनाइने जानकारी दिए ।
उनले एक प्रसंगमा भने, आधारभुत शिक्षा नलिनेले राज्यको सुविधा समेत लिन पाउँने छैनन । त्यति मात्र होइन, उनीहरुले बैंक खाता समेत खोल्न पाइनेछैन ।