अष्ट्रेलियाको बैंकर्स थिइन् मिस नेपाल विजेता अनुष्का

बिर्तामोड । मिस नेपाल २०१९ को उपाधि जित्ने अनुष्का श्रेष्ठ अष्ट्रेलियाको चर्चित बैंक कमनवेल्थ बैंकको जागिरे हुन् । यो प्रतिष्पर्धामा भाग लिने भएपछि उनले जागिर छोडेर आएकी थिइन् ।
उनले बिहीवार मिस नेपालको ताज पहिरिएकी छन् । उच्च मावि अध्ययनका लागि अष्ट्रेलिया गएकी नेपाली चेली अनुष्का श्रेष्ठलाई मिस नेपालको रजत जयन्तीको विजेता बन्ने अवसर पनि मिलेको छ ।
अष्ट्रेलियामा बैंकको आकर्षक जागिर त्यागेर अनुष्का देशका लागि केही गर्ने सपना बोकेर स्वदेश फर्किएकी थिइन् । उनले यो ताजले देशको लागि सेवा गर्ने अवसर प्रदान भएको बताएकी छन् । काठमाडौंमा जन्मिएकी अनुष्का श्रेष्ठ अष्ट्रेलिया गएको पाँच वर्ष भएको थियो ।
उनलाई बैंकको जागिर भन्दा देशको ताज नै प्रीय भयो । उनले अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा स्नातक अध्ययन पूरा गरेकी छन् ।