बैशाख १३, २०८२ शनिबार

राजधानी सार्ने षड्यन्त्र विरुद्ध विराटनगरमा सशक्त आन्दोलन

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानीको विषयले पूर्वमा आन्दोलन चर्किएको छ । नेकपाको निर्णयसँगै धरान, धनकुटा र इटहरीका राजनीतिक दलसहित विभिन्न क्षेत्र संयुक्त रुपमा आन्दोलित भएका छन् । यता, नेकपाले आइतवार प्रदेश संसदमा स्थाथी राजधानी विराटनगर राख्ने, संरचना चाहिँ विराट क्षेत्रमा राखिने प्रस्ताव गरेपछि आज देखि विराटनगर क्षेत्र तनाव बनेको छ ।
अनिश्चितकालीन बन्दसहितको कार्यक्रम राखेर विराटनगरका दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । उनहरुले गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
प्रदेश १ को संरचना स्थापनाबारे नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका हुन् । नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । प्रदेश संसद्मा बहुमतप्राप्त नेकपाले यस्तो निर्णय गरेसँगै राजनीतिक दल तथा विराटनगरका विभिन्न पेशाकर्मीहरु नागरिक दबाव समूह बनाएर संघर्षमा उत्रिएका हुन् ।
दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् । स्वयं नेकपा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध शान्तिपूर्ण दबाव समूहमा जोडिएको छ । प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ । प्रदेश १ राजधानी सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]