अब बिर्तामोडमा नियमित अनुगमन
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरस्तरिय बजार अनुगमन समिति गठन गरेर बजार अनुगमन थालेको छ ।
हालैको निर्णय अनुसार नगर कार्यपालिका सदस्य भागिरथा घिमिरेको संयोजकत्वमा गठित बजार अनुगमन समितिले बिहीबारदेखि नियमित अनुगमन थालेको छ । बजार अनुगमनलाई नियमितरुपमा संचालन गरिने र कुनै पनि पसल नछाडी गरिने समितिकी संयोजक घिमिरेले जानकारी दिइन् । उनका अनुसार तीन दिनसम्म गरिएको अनुगमनकन क्रममा अत्यन्तै थोरै ब्यवसायी मात्र नगरमा दर्ता भएको पाइएको छ ।
८४ वटा व्यव्सायको अनुगमन गर्दा जम्मा १० वटाले मात्र नगरमा व्यवसाय दर्ता प्रमाणपत्र लिएको भेटियो, अनुगमन समिति सदस्य तथा कार्यपालिका सदस्य द्रौपदी गणेशले बताइन् ।
पहिलो पटकको अनुगनमका क्रममा व्यव्साय दर्ता गर्न अनुरोध गर्दे पत्र दिने काम गरिएको र भोलिका दिनमा पनि अनुगमनका क्रममा दर्ता गरिएको नपाइएमा कारबाहीको दायरामा ल्याइने अनुगमन समिति सह संयोजक तथा कार्यपालिका सदस्य गीता घिमिरेले जानकारी दिइन् ।