म्यारिज व्यूरो श्रृङखला–२ लोभलालचा देखाउँदै ‘धम्की’
बिर्तामोड । नेपाल जब्स सर्भिस प्रालि बिर्तामोडका सञ्चालक लक्ष्मी नारायण गिरी (एल.एन.गिरी ) ले इजलास दैनिकको कार्यलयमा आएर लोभ देखाएका छन् । समाचार प्रभावित बनाउने उद्देश्यले उनले लोभलालचा देखाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरे ।

मंगलवार जब्स् अन्तर्गत सञ्चालनमा रहेको म्यारिज व्यूरो सम्बन्धि समाचार प्रकाशित गरेपछि सञ्चालक सहित आएको टोलीले आफुहरुसँग सम्बन्ध बढाए विज्ञापन दिने आसयमा कुरा गरेका छन् । उक्त टोलीले बोलेका सबै कुराकानी मोबाइलमा रेकर्ड राखिएको छ ।
बिर्तामोडमा लामो समयदेखि सञ्चालनमा रहेको नेपाल जब्स्ले केहि महिनायता म्यारिज ब्यूरोको काम समेत गर्दै आएको छ । विवाहको लागि परामर्श दिने भन्दै उनले म्यारिज ब्यूरो सञ्चालन गरेको सञ्चालक गिरीले जानकारी दिए । तर, हालसम्म विवाह नगरेको उनले दावी गरेका छन् । फारम फर्न आउनेको घरमा पुगेर आवेदकको घरमा अनुसन्धान गर्न पुगेको भने स्वीकार गरे । काठमाडौमा नेपाल प्रहरीको अनुसन्धान व्यूरो सिआइवीले म्यारिज व्यूरो सञ्चालन गर्नेलाई मानव वेचविखन गरेको मुद्दामा पक्राउ समेत गरेको घटना छ । म्यारिज व्यूरोको नाममा मानव वेचविखन गर्ने, विभिन्न राष्ट्रका नागरिकलाई नेपाली किशोरी विवाह गरेर पठाउने र ठुलो रकम लिने गरेको यसअघि नै सार्वजनिक भइसकेको घटना हो । सोहि नाममा बिर्तामोडस्थित अदुवा पुल पश्चिम उत्तर तर्फको घरमा सञ्चालन गरेको पाइएको छ ।
सञ्चालक गिरीले यो सामान्य विषय रहेको दावी गर्दै आफुसँग धेरै पत्रकारको सम्पर्क सम्बन्ध रहेको भन्दै समाचार लेख्ने पत्रिकाको खुलेयाम विरोध गर्दै हिड्ने धम्की दिए । उनले धम्कीपूर्ण भाषा प्रयोग गर्दै आफुसँग नजिक भएमा पत्रिकालाई पनि फाइदा हुने बताएका छन् । मंगलवार इजलासमा (बिर्तामोडमा म्यारिज म्युरो ‘रहस्यमय’) भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । सञ्चालक सहितको टोलीले रहस्यमय उल्लेख गरेकामा आपत्ति जनाएका थिए । राज्यबाट दर्ता गरेर कर तिरिरहेको बताउँदै उनले धेरैलाई रोजगारी दिएको समेत जानकारी दिएका छन् । उनैका अनुसार नेपाल जब्स मार्फत बिर्तामोडका धेरै होटलमा कर्मचारी दिएको छ । उनले कर्मचारी दिए वापत निश्चित रकम लिने गरेको जानकारीमा आएको छ ।
म्यारिज व्युरोको फारम शुल्क २ हजारबाट घटाएर एक हजार मात्र लिने गरेको जानकारी दिएका छन् ।